श्रावण ३,गणेश एसके / कञ्चनपुर, नेपाल कम्युनिस्ट पार्टी विप्लव भीमदत्त नगरपालिका नगर कमिटीको तेस्रो पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै आईतबार महेन्द्रनगरमा सम्पन्न भएको छ ।

बैठकका प्रमुख अतिथी तथा कञ्चनपुर जिल्ला सचिव रमेश नेपालीले सम्बोधन गर्दै पार्टीको विचार, नीति, सिद्धान्त र नेतृत्वले भनेको ठाउँमा देशको परिस्थिति र राजनीतिक घटनाक्रम पुगेको बताएका छन।

इन्चार्ज नेपालीले अबको विकल्प भनेकै वैज्ञानिक समाजवाद भएको र एकीकृत जनक्रान्तिको कार्यदिशाबाट सफल पार्ने बताएका छन्। बैठकले नगर पालिकामा भइरहेका भ्रष्टाचार, घुसखोरी ,कमिसनखोरीहरूका तह लगाउने निर्णय गरेको  सचिव दिपेन्द्र ऐरीले बताए त्यस्तै पार्टी नेता कार्यकर्ताले राष्ट्र राष्ट्रियताको पक्ष मा दृढ भएर लाग्ने लगायतका महत्वपूर्ण निर्णय  गरेको बताए

बैठकमा भीमदत्त नगर कमिटीका सचिव दीपेन्द्र ऐरीको अध्यक्षमा बसेको थियो बैठकमा अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष पुष्पराज जोशी , न्याय विभाग प्रमुख खडक धामी ,अखिल क्रान्तिकारीका सेम ब्युरो संयोजक वीरेन्द्र शाह लगायत अन्य नेताकार्यकर्ताहरुको सहभागिता रहेको नगर कमिटी सचिव दिपेन्द्र ऐरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस