अछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जेसीबी दुर्घटनामा परि जिल्लाको ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउदको मृत्यु भएको अछाम प्रहरीले जनाएको हो।

मंगलसेन नगरपालिका १४ कालागाउँमा जेसीबी दुर्घटना हुँदा अन्य दुई जना घाइते भएका छन्। घाइते दुई जनालाई उपचारका लागि मंगलसेन पठाइएको छ। कालागाउँस्थित ठाँटीबाट खाँटतर्फ गइरहेको अन्टेस्ट जेसीबी सडक भन्दा ७० मीटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस