अत्तरीया–कोभिड १९ का कारण डेढ वर्षयता सुदूरपश्चिमका होटेल व्यवसाय राम्रो संग सञ्चालनमा आउन सकेका छैनन् । कोरोना महामारीको पहिलो लहरपछि संञ्चालनको तयारीमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसाय पुनः प्रभावित भएका हुन् ।

महामारीका कारण सबै भन्दा नराम्रोसंग प्रभावित क्षेत्र होटल तथा पर्यटन बन्न पुग्यो । जसका कारण यस क्षेत्रमा करोडौँ लगानी गरेका तथा भाडामा होटल व्यवसाय चलाएका व्यवसायीहरु यति बेला यस क्षेत्रको सम्भावना देख्न छाडेका होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिस चन्द्र भट्ट बताउँछन्।

भट्टका अनुसार ठूलो लगानीमा सञ्चालन भएका होटलहरु तथा वैंङ्कबाट लोन लगेर सञ्चालन भएका होटलहरु आफ्नो व्यवसायलाई नै परिमार्जित गरि पर्ख र हेरको अवस्था रहेका छन् । तर साना तथा मझौला लगानीका होटल व्यवसाय केहि सधैंका लागि बन्द भएका छन् भने केहि बन्द हुने अवस्थामा पुगेको उनि बताउँछन् । उनले भने,– ‘लगातार दुई वर्ष देखी व्यवसायलाई बचाउनु पर्छ भन्ने मान्यताले मात्रै निरन्तरता दिएका छौ, जिल्लामा सय बढी होटल व्यवसायी पेसा बाट नै पलायन भइसकेका छन्।’

साना तथा मझौला लगानीका एक सय बढी होटल जिल्लामा सधैका लागी बन्द भइसकेका अध्यक्ष भट्ट बताउँछन् ।
उनले दोस्रो चरणको लकडाउन केहि खुकुलो बनाए पनि त्यो होटल व्यवसायीका लागि व्यवसाय सञ्चालन गर्न प्रयाप्त नभएको बताए। ‘प्रशासनले बिहान ६ बजे देखि साझँ ६ बजे सम्म खोल्न दिने भनेको छ, उनले भने,–तर होटल व्यवसाय चल्ने भनेको साँझको समय हो त्यसैले होटल व्यवसायलाई छुट्टै समय तोकिनु पर्छ ।’

पर्यटन क्षेत्रमा बहुसंख्यक होटल टिकेको हुदा नाका बाट सहज तरिकाले पर्यटन भि¥याउन दिने वातावरण श्रृजना गरीनुपर्नेमा उनले जोड दिए । पर्यटन मैत्री वातावण बनाइनुपर्नेमा जोड दिदै अध्यक्ष भट्टले होटेल व्यवसायी, कामदारलाई कोरोना भ्याक्सिनको व्यवस्था गरिनुपर्ने माग राखे ।

कोभिड– १९ का कारण प्रभावित बनेको होटल व्यवसायीलाई तिनै तहका सरकारले यस क्षेत्रको उत्थानको लागि विशेष कार्यक्रम ल्याउनु पर्ने होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमको तर्क छ । कोरोनाबाट कैलालीमा डेढ सय बढी होटेल व्यवशायी पेसाबाट नै पयालन भइसेका अध्यक्ष बम बताउँछन। उनले यसै गरी कोरोनामा बिकल्प नखोजिने हो भने अझै व्यवसायी पेसाबाट नै पलायन हुन सक्ने अवस्था बढ्ने जनाए ।

गत वर्ष सरकारद्धारा घोषित राहतका कार्यक्रमहरु समयमा नै व्यवसायीले प्राप्त गर्न नसकेको जनाउँदै कोभिड संक्रमणको दोस्रो चरण सम्म आइपुग्दा पलाईन हुन लागेका व्यवसायीहरुलाई राहत तथा पुनःउत्थानका कार्यक्रमहरु मार्फत जोगाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुस