अछाममा एक विद्यालयको भवन निर्माणमा आर्थिक अनियमितता भएको भन्दै जिल्ला प्रशासनमा छानविनको माग गरीएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–६ रानीवनमा रहेको ध्रुुवतारा आधारभूत विद्यालयको भवन निर्माण र मर्मत सम्भारको योजनामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरिएको गरिएको हो ।

भवन निर्माण र मर्मत शीर्षकको २५ लाख बराबरको योजनामा अनियमिता गरिएको भन्दै उजुरी परेको जिल्ला प्रशासन कार्यालयले अछामले जानकारी दिएको छ । विद्यालयले फर्जी रुपमा दस्खत किर्ते गरेर पेस गरेको, मर्मत सम्भार शीर्षकको पाँच लाख रकम भुक्तानी नदिएर हिनामिना गरेकाले निष्पक्ष रुपमा छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले विद्यालय भवन निर्माण र मर्मतको योजनामा अनियमितता भएको भन्दै निवेदन प्राप्त भएकाले छानबिन गरिने बताए विद्यालयका संस्थापक शिक्षकसमेत रहेका निर्माण समितिका अध्यक्ष भक्तप्रसाद न्यौपानेले आइतबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिदै उक्त योजनामा सांसद र प्राविधिकलाई समेत रकम खुवाएर विद्यालयले अनियमितता गरेकाले छानबिन गर्न माग गरेका हुन् ।

उनले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा विद्यालय भवन निर्माणका लागि दिएको २० लाख र मर्मत शीर्षकको पाँच लाखमा सांसद र प्राविधिकले रकम असुलेको दाबी गरेका छन् । तर विद्यालयका प्रधानाध्यापक प्रकाशकुमार न्यौपानेले भने उजुरी झुठो भएको दाबी गरेका छन् । उनले उजुुरकर्ताको दाबीअनुसार कुनै खालको अनियमितता नभएको दाबी गर्दै बदनाम गराउने उद्देश्यले झुठो उजुरी दिइएको बताए ।

प्रतिक्रिया दिनुस