कैलालीमा ट्याङ्कर दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका –१ मनहरा पुल नजिक ना ७ ख २७४९ नम्बरको खाली ट्याङ्कर दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका –१ का २३ वर्षीय पुरन देउवा र सह चालक २१ वर्षीय नवीन मल्ल घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरु दुवै जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ । प्रहरीका अनुसार ट्याङ्कर सडकबाट १० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुस