दार्चुलाको महाकाली नगरपालिकाका प्रवक्ताले राजीनामा दिएका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष एवम् नगर प्रवक्ता पुष्कर राज जोशीले राजीनामा दिएका हुन् ।

सामाजिक विकास समितिका संयोजक समेत रहेका उनले संयोजक र नगर प्रवक्ता दुवै पदबाट राजीनामा दिएको बताइएको छ । राजीनामा दिनुको कारण नखुलाएका वडाध्यक्ष जोशीले आइतबार राजीनामा पत्र नगर प्रमुख हंसराज भट्ट सामु बुझाएको बताएका छन् ।

प्रतिक्रिया दिनुस