काठमाडौं श्रावण १३। गुल्मीको मुसिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार चन्द्रकोट ४ शान्तिपुरबाट तम्घास छुटेको लु १ ज ४५५९ नम्बरको जिप मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

मृतकहरुमा चन्द्रकोट गाउँपालिका ४ का तेजबहादुर थापा र चन्द्रकोट ५ का रेशम कार्की भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेय पुष्टि गरे ।
मृतकमध्ये एक जना महिलाको सनाखत हुन सकेको छैन । घाइते ७ जनालाई उपचारको लागि तम्घास अस्पताल लगिएको छ । जिप सडकबाट ४ सय मिटर तल खसेको छ।

प्रतिक्रिया दिनुस