कञ्चनपुर श्रावन १३ । आर्थिक अभावका कारण बोनम्यारो क्यान्सरबाट ग्रसित कञ्चनपुरका विशाल कुमार गौतमको उपचारमा समस्या भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नबर १० घर भई अध्ययनको सिलशिलामा हाल अमेरीको मिनिसोटामा बस्दै आएका गौतमको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो।
डेढ महिनादेखि बोनम्यारो क्यान्सरबाट ग्रसित गौतम अमेरीकाको मायो क्लिनिक हस्पिटलमा भर्ना भई उपचार गराईरहेका छन । उनको उपचारको क्रममा बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने र त्यसकोलागि सात लाख ५० हजार अमेरी डलर लाग्ने गौतमका भाई विराट गौतमले बताए । आर्थिक अभावका कारण उपचारमा समस्या आउँदा सहयोगका लागि परिवारले अपिल समेत गरेका छन् । उनले सबैसंग आर्थिक सहयोग गरिदिन अनुृरोध गरेका छन । सानो सानो रकम भए पनि सबैले सहयोग गरीदिए उपचारमा राहत हुने उनका भाई विराट कुमार गौतमले बताए ।
गौतम परिवारसंग सम्पर्ककालागि ९८०८१८७६४४, ९८१२७१९०१६ र १३१३४१३८२४८ मा सम्पकै गर्न सकिनेछ । भने सहयोग गर्ने इच्छुकले पिडितका भाई विराट गौतमको नाममा रहेको सिद्धार्थ बैंक डडेल्धुरा शाखाको खाता नं। ०३११५२६४३९८ र हिमालय बैंकको खाता नं। ००२०६८३७९७००१३ मा र ईसेवा ९८५११५७७५५ ९विराट कुमार गौतम० मा आर्थिक सहयोग जम्मा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुस