अछाम १३ साउन । अछामको जयगढ–मेल्लेख जोड्ने ग्रामीण सडक अवरुद्ध भएको लामो समय भइसक्दापनि मर्मत सम्भारको कामअझै सुरु गर्न सकिएको छैन् । लगातारको वर्षाको कारण सडकको ठाउँ ठाउँमा पहिरो र ढुङ्गा खस्दा ग्रामीण सडक अवरुद्ध बनेको थियो । उक्त सडक मर्मतका लागि बान्नीगढी जयगढ गाउँपालिका बेखर भएको हो । असार २१ गतेदेखि अवरुद्ध बनेको जयगढ मेल्लेख सडक खण्डको ठाउँ ठाउँमा ढुङ्गा र माटोले सडक अवरुद्ध बन्यो तर बान्नीगढी गाउँपालिकाले सडक मर्मतका लागि पहलन चाल्दा आवतजावतमा समस्या स्नानियले दुखेसो पोखे ।

सडककै कारण बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारा सैनका ४ वटा घर समेत पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाले वडा नम्बर ३ मा रहेको भडासैन टोलका ४ घर उच्चजोखिममा परेका हुन् । यता बान्नीगढी गाउँपालिकाले सडक मर्मत र सम्भारकालागि सक्दो पहल गरेको बताएको छ ।

बान्नीगढी गाउँपालिका सामाजिकविकास समितिका संयोजकतथा वडा नम्बर २ का वडाध्यक्ष नेत्र बहादुर साउँदले वर्षाको सुरुमै परेको अविरल वर्षाले ठाउँ ठाउँका सडक अवरुद्ध बनेका र मर्मतकालागिपनि सक्रिय रूपमाकाम गरेको बताए । तर वर्षामा सडक मर्मतको कामगर्दा थप जोखिम निम्तिने भन्दै तत्कालकालागि सडक मर्मतको काम नगरेको बताए ।

प्रतिक्रिया दिनुस