अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा छापा हानेको छ । यस अनलाईन सहितका विभिन्न सञ्चार माध्यममा योजना सम्पन्न नहुदै भुक्तानी संचालित योजना समेत गुणस्तहिन भएको बारे समाचार प्रकासित भएसंगै अख्तियारले बुधबार कार्यालयका आवश्यक कागजात नियन्त्रणमा लिने जनाएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता हरिस जोशीले टोली नगरपालिका पुगेको बताए । ‘टोली नगरपालिका पुगेको छ, ‘उनले भने, ‘सम्पन्न नहुँदै भुक्तानी गरिएका योजनाका आवश्यक कागजात नियन्त्रणमा लिन निर्देशन दिएका छौँ ।’ यस्तो थियो समाचार दोधारा चाँदनी नगरपालिकाले काम नसकिदै धमाधम योजनामा भुक्तानी दिएको पाईएको छ ।

 

गत आर्थिक बर्ष २०७७÷०७८ मा सम्पन्न हुनुपर्ने योजनामा काम नसकिदै भुक्तानी दिएको हो । अधुरै योजनाको भुक्तानी दिएपनि अर्को आर्थिक बर्षको दोस्रो सातासम्म पनि योजना सम्पन्न भएका छैनन । अधुरै योजनाको भुक्तानीका लागि काम सम्पन्न भएको नक्कली कागजात पत्र बनाएर प्राविधिक कर्मचारीले गरेको सिफारिसमा लेखाबाट भुक्तानी भईसकेको छ ।

 

दोधाराचाँदनी नगरपालिका ४ चाँदनीमा चार अधुरा योजनामा झुत्तानी दिए पनि गुणस्तरिय र काम पुरा नभएको भन्दै स्थानीय रुष्ट देखिएका छन । चाँदनीका दल बहादुर बुढाको घरदेखि सीमा चन्दको घरसम्म १ सय मिटर पक्की कालोपत्रे, नवदुर्गा टोल कालोपत्रे, भाने कठायतको घरदेखि जगे लुहारको घरसम्म १ सय २० मिटर कालोपत्रे र महाकाली किनार जाईका बाँघसम्म १ सय मिटर कालोपत्रे योजना अधुरै छन ।

 

तर, नगरपालिकाले गत आर्थिक बर्षमा भुक्तानी गरिसकेको छ । प्राविधिक कर्मचारीको मिलोमतोमा अधुरै योजना सम्पन्न देखाएर ठेकेदारले भुक्तानी दिएपनि काम अझैपनि नगरेको भन्दै स्थानीय रुष्ट भएका हुन । नवदुर्गा टोलमा निर्माण भएको १सय २० मिटर कालोपत्रे सडक भत्किन लागेको छ । सो सडक निर्माण भएको दुई सातामै गिट्टी उन्मिन र दुब्रो उम्रिन लागेको छ ।

 

स्थानीय गगन बहादुर सिहले नवदुर्गा टोलमा सडक कालोपत्रेका लागि आएको योजना अधुरै भएपनि भुक्तानी पुरै गरेर भ्रष्टाचार गरेको बताए । ‘यो सडक कालोपत्रे बनाएको दुई साता पनि पुरा भएको छैन, ‘उनले भने, ‘सडकको विचमा गिट्टी उम्किदैछन, विचमा दुब्रो समेत उम्रिरहेकोछ , तर भुक्तानी भने पुरै भईसकेको छ ।’ महाकाली किनार जाईका बाँधसम्म सडक कालोपत्रेका लागि ठेकेदारले बेस मात्रै हालेर पुरै भुक्तानी दिईसकेको छ । उनले एकै योजनालाई कमिसनका लागि टुक्र्रा टुक्र्रामा बनाएको बताउदै तैपनि काम सम्पन्न नगरेको बताए ।

 

‘अधुरै योजनाको काम सम्पन्न भएको देखाएर भुक्तानी दिलाउनुमा ईन्जिनियरको हात छ, ‘उनले भने, ‘ठेकेदारबाट अनुचित लाभ र कमिसन लिएर गलत र अधुरो कामलाई सही र सम्पन्न भएको भनेर देखाईयो ।’ उनले उक्त योजना शुरु हुँदा ईन्जिनियर र उप मेयरलाई अनुगमनका लागि बोलाउँदा समेत नआएको दुखेसो पोखे । उनले कमिसनको खेल भएकाले अधुरा योजनाको भुक्तानीका लागि ईन्जिनियरले सिफारिस गरेको र उप प्रमुखले अनुगमन गर्ने फाईल समेत नक्कली बनाएर भुक्तानी दिएको दावि गरे ।

 

दल बहादुर बुढाको घरदेखि सीमा चन्दको घरसम्मको सडकमा समेत बेस मात्रै हालेर पुरै रकम भुक्तानी गरिएको छ । उक्त सडक कालोपत्रेका ला,ग एसआर निर्माण निर्माण ४१ मिटर कालोपत्रे गरे बाफत ४ लाख ७४ हजार ९सय ९३रुपैया भुक्तानी भईसकेको छ । तर, सडक कालोपत्रे भएको छैन । नवदुर्गा टोलमा २०मिटर कालोपत्रेका लागि महाकाली कन्सष्ट्रक्सन प्रालिलाई ४ लाख, ७१ ह्जार, ४ सय ३३ रुपैया भुक्तानी गरिएको छ । तर, सडक अधुरै छ । नवदुर्गा टोलमै भाने कठायतको घरदेखि जगे लुहारको घरसम्म १ सय मिटर कालोपत्रेका लागि पदम र महाकाली कन्सक्ट्रसन प्रालिलाई ९ लाख २७ हजार ८ सय १५ रुपैया भुक्तानी गरिएको छ । तर सडकमा पहिलो प्राईमर मात्रै हालेर सडक बिग्रीन थालेको छ ।

 

बस्नेत र गगन कन्स्ट्रक्सन प्रालिले महाकाली किनार जाईका बाँधसम्म सय मिटर कालोपत्रेका लागि ८ लाख ३६ हजार ३ सय ७२ रुपैया भुक्तानी भएपनि उक्त सडक अहिलेसम्म कालोपत्रे भएको छैन । बेस मात्रै तयार गरेर छाडिएको छ । अर्का स्थानीय लक्ष्मी बडूवालले अधुरो योजनाको भुक्तानी दिने काम गैर कानुनी काम भएको भन्दै उनले कमिसनको खेल भएकाले बदमासी भएको बताए ।

 

‘हाम्री जनताको काम गर्नका लागि कर्मचारी घरबाटै पैशा दिएको जस्तो गर्छन, ‘उनले भने, ‘तर ठेकेदारको अधुरो काम गर्नका लागि यति किन उत्साहित भए ।’ अनुचित लाभ लिएकाले अधुरै योजनालाई सम्पन्न भएको देखाएर भुक्तानी दिने कार्य अपराध भएको बताए । नगरमा सम्पन्न भएका योजनाको उप प्रमुखले अनुगमन गरेर सम्पन्न भए भएको योजनाको भुक्तानीका लागि सिफारिस गर्नुपर्ने भएपनि उक्त योजनाहरुमा उप प्रमुख चिनी गिरीको अनुगमन बिनै भुक्तानी गरिएको छ ।

 

दोधाराचाँदनी नगरपालिकाका ईन्जिनियर दिपेन्द्र राज भट्टले अधुरा योजनाको भुक्तानी गरिएको स्वीकार गर्नुभयो । उनले लकडाउन र निर्माणाधिन महाकाली पुलको पहुँच मार्ग भत्किएकाले निर्माण समाग्री ढुवानीमा समस्या भएको बताए । प्राविधिक गुणस्तर अनुरुप काम हुने उनले बताए । ‘अधुरा योजनाको भुक्तानी गरिसकेका छौँ, ‘उनले भने, ‘ठेकेदारले साउन १५ भित्रै पुरै योजना सम्पन्न गर्नेछन ।’

 

कार्यालयले तोकेको समयमा काम नसके पैशा फिर्ता गराउने उनले बताए । उक्त सडकको ठेक्का पाएका महाकाली कन्सष्ट्रक्सन प्रालिका संचालक बिरु सुनारले मेसिन बिग्रिएका कारण समयमै काम गर्न नसकेको बताए । ‘मेसिन बिग्रीयो, मिस्त्री पनि ईदले घर गए, ‘उनले भने, ‘समयमै काम गर्न सकिएन, म राम्रो काम गर्छु ।’ हामीले चेक नलिएको बताउदैले काटिएको चेक ईन्जिनियरसंग रहेको बताए ।

 

आफुले गुणस्तरिय काम गर्ने बताउदै उनले कारणबस मात्रै योजना समयमै काम गर्न नसकिएको बताए । दोधारचाँदनी नगरकी उप प्रमुख चिनी गिरीले पनि अधुरै योजना भएकाले अनुगमन नगरेको बताउदै उनले प्राविधिक शाखाबाट उक्त योजनाबारे आफुलाई कुनै जानकारी नदिएको बताए । ‘योजना सम्पन्न नहुँदै भुक्तानी गैर कानुनी हो, दिन पनि मिल्दैन, ‘उनले भनिन, ‘ठाँउ ठाँउका लागि आएको विकास निर्माणको बजेट सदुपयोग गर्न खोजेका हौँ ।’

 

यसरी स्थानीय तहमा चरम आर्थिक चलखेल, अनियमितता गैर कानुनी भुक्तानी हुँदा समेत भ्रष्टाचार रोकथामका लागि कार्यरत अख्तियार दुरुपयोग अनुसन्धान आयोग निरिह भएको छ । गत बर्षमै सम्पन्न हुनुपर्ने योजना अर्को आर्थिक बर्षमा पुग्दा समेत सम्पन्न भएरै भुक्तानी हुँदा समेत अख्तियार बेखबर छ । अख्तियारले जानी जानी भ्रष्टाचार गर्न नदिएको हो वा नजानेर बसेको हो ।

 

यस विषयमा स्थानीय नागरिक अख्तियारप्रति समेत शशंकित भएका छन । कार्यालयबाट कोरोनाको बहाना, विकास निर्माणका लागि कच्चा पदार्थ पाएन, महाकालीमा वाढी आति ईत्याती बहाना गरेपनि सानो परिमाणका योजनामा यस्तो बेथिति भएपछि अन्य योजनामा समेत यस्तै बेथिति भएको नागरिकको भनाई छ । नागरिकले योजना सम्पन्न नहुँदै भुक्तानी दिने नियतमाथि खोट भएकाले अख्तियारले छानबिन गर्नुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस