नेपाल कम्यूनिष्ट पार्टी (नेकपा एमाले)का नेता नन्दलाल चटौतले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनका लागि वैदेशिक चलखेल भएको बताएका छन । जनादेश प्राप्त प्रधानमन्त्री ओलीलाई हटाउनका लागि विदेशी तत्वहरुले चलखेल गरेर प्रधानमन्त्रीबाट हटाएर देउवालाई नियुक्ती गरेको ठोकुवा गरेका हुन ।

 

नेता चटौतले कञ्चनपुरका संचारकर्मीसंग वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल गर्दै नेपालमा वैदेशिक हस्तक्षेप बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

 

‘हेर्नुहोस दिनप्रतिदिन बैदेशिक हस्तक्षेप बढ्दै गएको छ, ‘नेता चटौतले भने, ‘यो हाम्रा लागि राम्रो सन्देश होईन ।’ एमसीसी जस्ता विवादित योजना लाद्ने दुष्प्रयास भईरहेको बताउदै उनले देउवा सरकारले राष्ट्रघात गर्न नहुने तर्फ राखे । ‘हामी दलिय अनुशासनमा बस्छौँ, ‘उनले भने, ‘अहिलेको अवस्थाले दलिय व्यवस्थामै प्रशन चिन्ह खडा गरिदिएको छ ।’

 

निषेधको राजनीतिक भईरहेको बताउदै उनले मिलेर संविधानको रक्षा गर्नुको साटो दल, र नेताहरुविच विग्रहको अवस्थाले मुलुक झन संकटमा जाने चिन्ता व्यक्त गर्नुभयो । ‘जनताले कम्यूनियष्टलाई जनादेश दिएको हो, ‘उनले भने, ‘आज जनादेशको के भयो, काँग्रेसले सत्तामा जान अहिल्यै हतार गर्नु थिएन ।’

 

प्रचण्डले ठूलो परिर्वतन ल्याए पनि उनले पनि फराकिलो दृष्ट्रिकोणबाट पार्टी संचालन गर्नुपर्ने भएपनि आफन्त, नातावाद केन्द्रीत भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कम्तिमा एक दशकसम्म सबै दलहरु मिलेर संविधानको रक्षा गर्दै नागरिकलाई अधिकारको प्रत्याभूति दिलाउनुको साटो सत्ता केन्द्रीत भएकाले संविधान कार्यान्वयनमा आशंका व्यक्त गर्नुभयो ।

 

फेरी पनि मुलुकमा भागबण्डा आफन्तवाद चलेकाले त्यसबाट नागरिकको भविष्य अन्धकार हुने भन्दै उनले ठूला सबै पार्टीले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे ।

 

सर्वोच्च अदालतले गरेका दुई फैसलामा आदालतको फैसलामा सम्मान गरेको बताए । आदालतका सबै फैसलाको सम्मान गर्ने बताए । उनले नेकपा पार्टीलाई पुर्ववत अवस्थामा जस्तै एमाले, माओवादीलाई अलग अलग अस्थित्वमा जान र परमादेश मार्फत प्रधानमन्त्रीमा देउवालाई नियुक्तीदेखि दलिय ह्वीप नलाग्ने फैसलाले राजनीतिक थप संकट उत्पन्न गरिदिएको बताए ।

 

नेता चटौतले भ्रष्टाचारले मुलजरो जाडेको बताउदै उनले भ्रष्टाचार मुक्त गर्ने सरकारको काम नारामा सीमिति रहेको बताए । कोरोना महामारीका बेला आफ्नै पार्टीका अध्यक्ष समेत रहेका निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट निजी निवासी बार्दलीसम्म गरिएको जुलुस र भाषणबाजीले कार्यकर्तालाई अनावश्यक उत्साहित बनाएको टिप्पणी गरे ।

 

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सदस्य समेत रहेका उनले पार्टीको आन्तरिक विवाद मिलाएर नेताहरुले जनभावना अनुरुप अघि बढ्नुपर्नेमा सुझाव दिदै ओली र नेपाललाई मिलेर पार्टीलाई एकढिक्का बनाउन आग्रह गरेका छन । सरकारले महामारी रोकथाम गरिरहेको बताएपनि व्यवहारिक रुपमा त्यो नभईराखेकाले कोरोना रोकथामका लागि सरकार अग्रसर हुनुपर्नेमा जोडदिए ।

 

कोरोनाबाट दिगम्बत हुनुभएका परिवारप्रति समवेदना प्रकट गर्दै नेता चटौतले अब कुनैपनि नागरिकले कोरोनाबाट ज्यान गुमाउनुपर्ने अवस्था हटाउनुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस