महेन्द्रनगर १८ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७७÷७८ मा ७७ लाख २८ हजार ५०० रूपैयाँ राजस्व संकलन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षभन्दा दोब्बर हो।

आर्थिक वर्ष २०७६÷७७ मा ४७ लाख ७१ हजार रूपैयाँ राजस्व संकलन भएको थियो । ट्राफिक प्रहरी कार्यालयका प्रमुख केशवराज भट्टले सवारी नियम मिच्ने सवारी साधनलाई कारवाही गरी राजस्व संकलन गरिएको बताए । उनका अनुसार गत आर्थिकमा १३ हजार ७५९ सवारी साधन कारवाहीमा परेका छन्।

आर्थिक वर्ष २०७६÷७७ मा आठ हजार ३९९ सवारीसाधन कारवाहीमा परेका थिए । कारवाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । हेल्मेट नलगाउने, सवारी चालक अनुमतिपत्रलगायत कागजात नबोक्ने, दुईभन्दा बढी यात्रु बोक्ने, गैरप्रयोजनमा प्रयोग गर्ने लगायतका नियम मोटरसाइकलले उल्लंघन गर्दै आएका छन् । कञ्चनपुरमा लाझाडी गाउँपालिकाबाहेक सबै स्थानीय तहमा ट्राफिक प्रहरी छन् । जिल्लाभर ५२ जना ट्राफिक प्रहरी परिचालन गरिएका छन् ।

प्रतिक्रिया दिनुस