काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले प्रदेश स्तरमा प्रदेश नं २ मा सिरहाको लहान, सर्लाहीको लालबन्दी र बागमती प्रदेशमा चित्तवनको पर्सा गरी २०० जना कर्मचारीहरुलाई व्यवसाय प्रबद्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन तालिम साउनको १५ गतेदेखि १७ गतेसम्म सम्पन्न गरेको छ ।

संस्थाका कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपी चन्द्र ढुङगाना, व्यवसाय प्रबद्धन विभागका राकेश श्रेष्ठ र कर्जा विभागका नवराज जोशीले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्ष २०७८÷७९ को लक्ष्य, व्यवसाय विस्तार, क्षमता अभिबृद्धि, शाखा तथा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तरयिता, समुह प्रवेश पूर्व तालिम लगायतका विषयवस्तुहरु प्रशिक्षण दिनुभएको हो ।

त्यसै गरि साउन महिनामै अन्य विभिन्न स्थानमा अवस्थित शाखाका कर्मचारीहरु लाई व्यवसाय प्रबद्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन तालिम दिने कार्यतालिका रहेको राकेश श्रेष्ठले बताउनु भयो ।

यस आर्थिक वर्षमा एन आई सी एशीया लघुवित्त, लघुवित्त क्षेत्रकै अबल लघुवित्त बनाउनका लागि यस्ता खालका तालिमहरुले महत्वपूर्ण भूमिका खेल्ने र कर्मचारीहरुले सेवाग्राहीहरुलाई अझै परिस्कृत सेवा प्रवाह गर्न सक्ने कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपी चन्द्र ढुङगाना बताउनुभयो ।

वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्थाले मुलुकभर ७३ जिल्लामा २७० शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भएको छ ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक , बझाड., बाजुरा, अछाम दार्चुला , मुगु तथा कालिकोट जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ । अर्थ पथ बाट

प्रतिक्रिया दिनुस