कैलाली  २१ साउन ।  नेकपा (क्रान्तिकारी माओवादी)ले एमसिसी सम्झौता खारेज गरिनुपर्ने माग गर्दै कैलालीको अत्तरियामा  बिरोध प्रदर्शन गर्दै कोणसभा सम्पन्न गरेका छन्।

भारतीय सिमा सुरक्षा बल (एसएसबी) महाकाली नदीको तुइन काटदाँ भएको घटना र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) सम्झौताको  बिरोधमा बिहिबार कैलालीको अत्तरियामा क्रान्तिकारी माओवादीको अगुवाईमा प्रर्दशन गरिएको हो ।


कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रियता जनतन्त्र र जनजिविका पक्षमा नागरिक आन्दोलन आवश्यक भएको बताए ।
दार्चुलामा भारतीय एसएसबीले तुइन काटेर नेपाली नागरिक जयसिंह धामीको हत्या गरेको र अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अमेरिकी सैन्य कार्यक्रम रहेको भन्दै क्रान्तिकारी माओवादीले बिरोध कार्यक्रम गरेको हो ।
प्रर्दशनकारीले एमसीसी सम्झौता खारेज गर , राष्ट्रिय स्वाधीनताको रक्षा गरौ , भारतीय हस्तक्षेप बन्द गर , अमेरिकी साम्राज्यवाद मुर्दावाद, जयसिंह धामीको हत्यारालाई कारवाही गर जस्ता नारालगाउदै अत्तरिया बजार क्षेत्र परिक्रमा गरेर  कोणसभा सम्पन्न गरेको क्रान्तिकारी माओवादी कैलाली जिल्ला सेक्रेटरी रूद्र कँडेलले जानकारी दिनुभयो ।

नेपाली झण्डा बोकेर आएका महिलाहरुले भारतीय ज्यादती विरुद्ध नारा बाजी गरेका थिए । बिरोध प्रदर्शन कार्यक्रममा स्थानीय महिला समाजसेवी क्रान्तिकारी माओवादी नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस