बैतडी २१ साउन ।  नेकपा (क्रान्तिकारी माओवादी)ले एमसिसी सम्झौता खारेज गरिनुपर्ने माग गर्दै बैतडीमा पनि  बिरोध प्रदर्शन गर्दै कोणसभा सम्पन्न गरेका छन्।

भारतीय सिमा सुरक्षा बल (एसएसबी) महाकाली नदीको तुइन काटदाँ भएको घटना र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) सम्झौताको  बिरोधमा बिहिबार बैतडीको गोठलापानी क्रान्तिकारी माओवादीको अगुवाईमा प्रर्दशन गर्दै कोणसभा गरिएको हो ।

दार्चुलामा भारतीय एसएसबीले तुइन काटेर नेपाली नागरिक जयसिंह धामीको हत्या गरेको र अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अमेरिकी सैन्य कार्यक्रम रहेको भन्दै क्रान्तिकारी माओवादीले बिरोध कार्यक्रम गरेको हो ।

प्रर्दशनकारीले एमसीसी सम्झौता खारेज गर , राष्ट्रिय स्वाधीनताको रक्षा गरौ , भारतीय हस्तक्षेप बन्द गर , अमेरिकी साम्राज्यवाद मुर्दावाद, जयसिंह धामीको हत्यारालाई कारवाही गर जस्ता नारालगाउदै  कोणसभा सम्पन्न गरिएको जिल्ला सेक्रेटरी देनेश ओडले जानकारी दिनुभयो । बिरोध प्रदर्शन कार्यक्रममा  क्रान्तिकारी माओवादी नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस