महेन्द्रनगर २२ साउन । गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट सुदूरपश्चिम प्रदेश सह–संयोजकमा नेपाली कांग्रेश कञ्चनपुरका युवा नेता तर्कराज भट्ट मनोनयन भएका छन् । बिहीबार गिरिजा प्रसाद कोइराला फाउण्डेशनले सुदूरपश्चिम प्रदेशको सह–संयोजकमा भट्टलाई मनोनयन गरेको हो ।
लोकतन्त्र, शान्ति र विकासलाई मुलमन्त्र बनाई गिरिजा प्रसाद कोइराला फाउण्डेशनले शिक्षा, स्वास्थ्य लगायतको विकासमा काम गर्दे आएको छ । बिहीबार एक कार्यक्रमका बिच सह–संयोजक भट्टलाई नेपाली काँग्रेसकी नेतृ एवम् फाउण्डेशनका अध्यक्ष सुजता कोइरलाले गिरिजा प्रसाद कोइराला फाउण्डेशनको जिम्मेवारी पत्र दिएकी हुन् ।
नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरको ८ वर्ष अध्यक्ष बसिसकेका, नेपालको राज्य व्यवस्था परिर्वतनका पक्षमा पटक–पटक प्रहरी हिरासत, कारागार जीवन समेत बिताएका जिपी फाउण्डेसन सुदूरपश्चिमका सह–संयोजक भट्टले शिक्षा, स्वास्थ्यका साथै युवाहरूको रोजगारी पहिलो प्रार्थमिकतामा राखिने प्रतिबद्धता जनाए ।
उनले सुदूरपश्चिममा छिट्टै प्रदेश कार्यालय स्थापना गर्ने तयारी रहेको समेत जानकारी दिए ।
साथै उनले सुदूरपश्चिमका सम्पुर्ण जिल्लाहरुमा फाउण्डेसनको जिल्ला समिती तथा कार्यालय स्थापना गरिने जानकारी दिए । फाउण्डेसनको सुदूरपश्चिम संयोजकमा भने यस अघि कैलालीका क्षीजित भण्डारी मनोनयन भएका हुन् ।
नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय अध्यक्ष कैलाली क्षेत्र नम्बर ५ बाट सांसद पदका प्रत्याशी, समाजसेवी गिरिजा प्रसाद कोइराला फाउण्डेसन सुदूरपश्चिम प्रदेशका संयोजक भण्डारीले सुदूरपश्चिम प्रदेशको जिम्मेवारी कटिबद्ध भएर पुरा गर्ने प्रतिबद्धता जनाए ।