काठमाडौं,२९ साउन-पछिल्लो २४ घण्टामा ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ भने ६ लाख ७९ हजार ४९५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ जना रहेका छन् । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।