महेन्द्रनगर–कैलालीमा ५ प्रहरी निलम्बनमा परेका छन् । धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एक होटेलमा रकम असुलेर जुवाडे भगाएको आरोप लागेपछि ५जना लाई प्रहरी कर्मचारिलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दले जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानबिनका लागि गठित टोलीको सिफारिसका पाँच जनालाई निलम्बन गरिएको चन्दले बताए।थप छानबिन भइरहेको समेत उनले जानकारी दिए । प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार नैनाचन्द्र धामी, प्रहरी जवान एकेन्द्र खड्का र प्रेमसिंह धामी तथा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान कृष्णप्रसाद जैसी र रामसिंह कुँवरलाई निलम्बन गरिएको उनले बताए।

गत १८ गते प्रहरीले जुवा खेलिरहेको अवस्थामा छापा हानेको थियो । त्यस बेला जुवा खालबाट ८५ हजार बरामद गरेको प्रहरीले दाबी गरे पनि जुवा खेली रहेका कोही पक्राउ परेका थिएनन् ।त्यसको केहि दिन पछि कैलाली प्रहरीले जुवा खालबाट भागेका ३ जना सहित जुवा खेलाउने होटेल सञ्चालकलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुस