काठमाडौं–सर्वोच्च अदालतले घरमै गएर कोरोना खोप दिन आदेश जारी गरेको छ । खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घरमै गएर कोरोना खोप लगाउन सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीले रिटमा सुनुवाई गर्दै सो आदेश दिएको हो । अदालतले अशक्त,अपांग र दीर्घ रोगी तथा थला परेकाहरुको वडास्तरबाट लगत संकलन गरि घर घरमै खोप सेवा उपलब्ध गराउन आदेश जारी गरेको हो । त्यसका लागि नारिकहरुको लागत संकलन गर्न पनि आदेश दिएको छ ।
प्रतिक्रिया दिनुस