बैतडीमा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना भएको छ।

सुदूरपश्चिम प्रदेश सरकार र दाताहरूको सहयोग संकलनबाट अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना भएको हो । बुधवार कोभिड १९ रोकथामका लागि पूर्व तयारी गर्न बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

बैंकमा ३३ वटा अक्सिजन सिलिण्डर र ६२ कन्सन्ट्रेटर मेसिन राखिएको छ। अझै थप कतैबाट सहयोग भए बैंकमै राखिने जनाइएको छ।

प्रतिक्रिया दिनुस