फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले पार्टी विभाजन गर्दा साथ गुमाउँदै गएका छन् ।

पार्टी विभाजनको बेला आइपुग्दा सुदूरवश्चिमका अधिकांश नेताले पनि नेपालको साथ छोडेका छन् । कैलालीका संघीय सांसद झपट रावलले पनि आफू विभाजनको पक्षमा नरहेको बताएका छन् । तपाई नेकपा एमाले की नेकपा एमाले (समाजवादी) ? भन्ने प्रश्नमा रावलले भने, ‘राष्ट्रिय कार्यकर्ता भेलामा न विभाजन न आत्मसमर्पणको नीति तय भएको थियो।

सोही नीतिमा अडिक रहदै म अहिले पनि एमाले हुँ ।’ माधव समूहले दल दर्ताका लागि दिएको निवेदन फिर्ता लिएर पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा उनको जोड छ । ‘यो अवस्था आउनुमा केपी शर्मा ओलीको ठूलो भूमीका छ। तर मैदानबाट भागेर समस्या समाधान हुँदैन्। त्यसैले माधव नेपालसहितको एमाले हुनुपर्ने मेरो धारणा छ,’ दिनेशखबरसंग रावलले भने। रावल विगतदेखि नै माधव नेपाल समूहका विश्वासका पात्र भीम रावल निकटका नेता हुन्। अन्तिम समयमा भीम रावलले पनि नेपालको साथ छोडेका छन्।

प्रतिक्रिया दिनुस