काठमाण्डौ– प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नवगठित नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायत समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । हिजो सरकारले दल विभाजन गर्न सजिलो हुने गरि अध्यादेश ल्याएसँगै नेता नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
नयाँ दल दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।
प्रतिक्रिया दिनुस