कञ्चनपुर भाद्र ५ ,विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भीमदत्त नगरमा युवा संगठन नेपालको भेला सम्पन्न भएको छ। भेलाबाट दीपेन्द्र ऐरी को अध्यक्षतामा युवा संगठन नेपालको २५ सदस्यीय कार्यसमिति चयन भएको छ । युवा संगठन नेपालको भीमदत्त नगरको भेला सम्पन्न भएको युवा संगठन अध्यक्ष दिपेन्द्र ऐरीले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि तथा पार्टीका सचिब क .जीवन ले पार्टीको नीति एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न युवा संगठनको भूमिका बारे प्रष्ट पार्नु भयो ।  उहाँले युवा संगठन भनेको पार्टीको महत्व पूर्ण मोर्चा भएको बताउँदै आफ्नो भूमिका इमान्दारी र जिम्मेवार पूर्वक निर्वाह गर्न निर्देशन  दिनु भएको छ । संसदीय व्यवस्था अन्त्य गर्न वैज्ञानिक समाजवादी जनमत तयार गर्नु अहिले अपरिहार्यता भएकोे बताएका छन ।

कार्यक्रममा अथितिहरुमा युवा संगठन केन्द्रीय सदस्य क. भुवन कुवर, संगठन का सेति महाकालि व्युरो कार्यलय सचिव क.मनमोहन ,संगठन जिल्ला अध्यक्ष बिरेन्द्र जोशी, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय बिभाग सदस्य क.संकर महारा लगायत नेकपा  नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुस