पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ भने १ हजार ४२४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सात हजार ७०३ जनाको पीसीआर परीक्षणमा एक हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ ।

५ हजार ३७२ जनाको एन्टिजेन परीक्षणका क्रममा ६५१ जनामा संक्रमण देखिएको छ । एन्टिजेन र पीसीआर परीक्षण गर्दा भने नयाँ संक्रमितको संख्या २ हजार ७५ हुन्छ । यही अवधिमा २ हजार ३८२ जना कोरोनाबाट मुक्त भएका छन् । देशभर हालसम्म ३९ हजार ३२१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुस