दोधाराचाँदनी नगरपालिका क्षेत्रका किसानले आफैले खोरमा पालेका बोईलर कुखुरा बेच्नका लागि बजार ल्याउने क्रममा प्रहरीले अवरोध गरेको छ । दोधाराचाँदनी नगरपालिका क्षेत्रभन्दा उत्तर, पश्चिम र दक्षिणमा भारत पर्छ । पुर्वतिर नेपालको भीमदत्त नगरपालिका बजार पर्छ । नेपाली उत्पादनको भारतमा बजार नपाईने भएपछी कयैन सकसका विच किसानले पालेको कुखुरा महेन्द्रनगर बेच्न लैजाने क्रममा ईलाका प्रहरी कार्यालय दोधाराले अवरोध गर्दै आएको छ ।

सोमबार बिहानै ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको नेपाल प्रहरीले माथि हाकिम सापको आदेश भन्दै कुखुरा किसानलाई रोकिदिएको हो । मोटरसाईकलमा महेन्द्रनगर कुखुरा बेच्नका लागि ल्याउनेक्रममा ४घण्टा कुखुरा रोकिदिएपछि किसान आन्दोलित भएका थिए । दुई पटक कोरोना महामारीका कारण व्यवसाय चौपट भएका किसानलाई प्रहरीको सहयोगको साटो उल्टै तगारो बनेको भन्दै दोधाराचाँदनीका किसान आन्दोलित भएका हुन । उनीहरुले अन्य तस्कर जस्तै आफुहरु किसानबाट समेत अवैध रकम अशुल्न खोजेको भन्दै बिरोध गरेका छन । यती तस्करी नै रोक्ने नै भए दोधाराचाँदनी नगरपालिका भारतसंग जोडिएको सीमा क्षेत्रमा गएर रोक्नुपर्ने भन्दै किसानले प्रहरीलाई सुझाव दिएका छन ।

शंका लागे खोरमै गएर छापा मार्न सीमावर्ती क्षेत्रमै गएर तस्करी रोक्नुपर्ने होईन भने अन्य तस्करबाट रकम अशुले झै रकम अशुल्ने उदेश्य भए सो कार्य गैर कानुनी भएको टिप्पणी गरेका छन । दोधाराका कुखुरा पालक किसान भरत भट्टले आफ्नै फर्म÷खोरमा पालेका कुखुरा बेच्नका लागि बजार लैजाने क्रममा प्रहरीले अवरोध गरेको बताए । उनले बिहान ४ बजे रोकेका कुखुरा ८ बजेमात्रै छाडेको बताए । ‘हामी केही किसान गाँउमै उत्पादन गरेर यहाँ र महेन्द्रनगर बजारमा कुखुरा बेच्छौँ, ‘उनले भने, ‘प्रहरीले हामीहरु प्रति तस्करको जस्तो व्यवहार गरेर घण्टौँ रोकिदियो ।’

कोरोना महामारीका कारण संकटमा परेका कुखुरा व्यवसायीलाई सहयोगको साटो प्रहरी तगारो बनेको उनको भनाई छ । ‘हो, भारतबाट आउने अवैध कुखुरा रोक्नुपर्छ, त्यसमा हाम्रो पनि अवरोध र बिरोध हुन्छ, ‘उनले भने, ‘नेपाली किसानले उत्पादन गरेका कुखुरा रोकेर दुख दिने प्रहरीको यो गलत नियत हो, संका लागेर खोरमै गएर छानबिन गरे भईगो नि । ।’ विगतमा भारतबाट तस्कर समुहले नेपालमा ल्याउने कुखुराका कारण वास्तविक कुखुरा पालक नेपाली किसान मारमा परेको प्रसङ जोड्दै उनले तस्करी गर्ने माथि डण्डा बजाउन समेत सुझाव दिए ।तर परिना बगाएर ईमान्दार किसानमाथि प्रहरीले गर्ने व्यवहार ठिक नभएको उनको तर्क छ ।

दोधाराचाँदनीका कुखुरा व्यवसायी गोबिन्द भट्टले प्रहरीका कारण कुखुरा व्यवसायी मारमा मात्र नभई व्यवसाय नै संकटमा परेको बताए । उनले अनेकन बहानाबाजी गरेर प्रहरीले जहाँ जता पनि दुख दिदै आएको बताए । ‘एकातिर आहाराको मुल्य बृद्धि भएको छ, ‘उनले भने, ‘अर्कातिर प्रहरीको कारण हाम्रो व्यवसायमा चौपट भईरहेको छ ।’ बिहान ४ बजेदेखि रोकेर ८ बजे मात्रै जान दिएको उनले बताए । ‘सबै कानुनी प्रकृया पुरा गर्दा समेत प्रहरीको अवरोध किन ?,

‘उनले भने, ‘यो सरासर गलत नियत देखियो, कोरोना महामारीका बेला सरकारले कुखुराको आहाराका लागि ढाना ढुवानी गर्न सहज गर्ने भने पनि यहाँ प्रहरीले अवरोध मात्रै ।’ प्रहरीले क्वारेन्टाईन कागजातको समेत वेवास्ता गरेर घण्टौँ कुखुरा रोकेर व्यवसायीलाई क्षति पुगेको बताए । अर्का कुखुरा व्यवसायी गंगोत्री सेटीले नेपालबाट चल्ला ल्याउँदा ईन्ट्री गर्ने र उत्पादन गरेपछि बिक्रिका लागि लैजाने क्रममा प्रहरीले अवरोध गरेको बताए । ‘ऋण निकाले आफ्नै देशका व्यवसायी गर्न कुखुरा पाल्छौँ, ‘उनले भने, ‘बेच्दा प्रहरीले तगारो बन्छ ।’

दोधाराका सीमा क्षेत्रमा ठाँउ ठाँउमा सशस्त्र र प्रहरी खटिएको बताउँदै उनले भारतबाट नुन समेत ल्याउन नपाईने अवस्थामा कुखरा कहाँबाट ल्याउन सकिने बताउदै प्रहरीले बिना कारण अवरोध गरिरहेको दुखेसो पोखे । किसानले प्रहरी बिरुद्ध आन्दोलन गरेपछि सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री मान बहादुर सुनार र दोधाराचाँदनीका मेयर बिर बहादुर सुनार अवरोध गरिएको स्थलमा पुगेपछि प्रहरीले कुखुरा छाडेको थियो । राज्यमन्त्री र नगर प्रमुख सुनारद्वयसंग ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज भरत राज गिरीले आफुहरुले रोकेको नभई नेपालबाट आएको चल्ला र भारत जान लागेको खुुकुराको वितरण भेरिफाई मात्रै गरेको बताएका थिए ।

दोधराचाँदनीका मेयर बीर बहादुर सुनारले प्रहरीले यसरी स्थानीय किसानबाट रोक्ने कार्य निन्दनिय गलत नियत भएको टिप्पणी गरे । मेयर सुनारले प्रमाण हुँदा हुँदै प्रहरीले रोक्ने काम गलत भएको बताए । ‘भारतबाट आउने कुुखुरा रोक्नुपर्छ, ‘उनले भने, ‘कुखुरा मरेपछि त्यसको क्षतिपूर्ति कसले दिन्छ ।’ प्रहरीकै कारण किसान आन्दोलित भईरहेको उनले बताए । मेयर सुनारले प्रहरीसंग आक्र्रोस पोख्दै महिनाबारी रोक्न बन्द भए नेपाल किसानले दुख नपाउने बताए । सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री मान बहादुर सुनारले भारतबाट आउने अवैध कुखुरा रोक्नुपर्ने निर्देशन दिनै नेपाली किसानले पालेका कुखुरा नरोक्न र किसानलाई अनावश्यक दुख नदिन निर्देशन दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले नेपालबाट दोधाराचाँदनी गएको चल्ला र आउने कुुखुराको भेरिफाई गरिएको बताए । ‘हामीले रोकेका छैनौँ, ‘उनले भने, ‘कुखुरा ओसार्नेहरुबाट केही सोधपुछ गरेका छाडेका हौँ ।’ दोधाराका स्थानीय कुखुरा पालन किसानले गलत नियत र अन्य तस्करबाट रकम अशुले जस्तै रकम अशुल्नका लागि गरिएको प्रहरीको प्रतिवादको चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुस