कञ्चनपुर , भाद्र ८ । कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड नम्बर ०९ को टुडिखेलमा तस्कर समूहले अवैध रुपमा ओसार पोसार गर्नका लागि तय गरेको काठ विप्लव नेकपा कञ्चनपुरले नियन्त्रण गरी सम्बन्धित सरोकारवाला निकाय लाई बुझाएको छ ।

तस्करी गर्ने लुकाएर राखेको काठ  २८ वटा कडि ७ फिटका,५२ वटा कडि ४/५ फिट, १७ वटा ५ फिट र ३ वटा सिल्लि र ३ वटा गोलियाहरु बिषेश सुचनाको अधारमा भिमदत्त पार्टी नगर समिति सचिव दिपेन्द्र ऐरी,युवा संगठन का सहसचिव भिम धामि,युवा नगर सदस्य सुरेष नाथ र अखिल क्रान्तिकारी का जिल्ला सदस्य हरिष ऐरी लगायतको टिमले नियन्त्रण गरेको थियो । काठ चिरान स्थल वरपर राखिएको काठ सशस्त्र प्रहरी बलको सहयोगमा संकलन गरेर उहाँ हरुकै मातहतमा बुझाएको कुरा पार्टीका नगर सचिव दिपेन्द्र ऐरीले बताएका छन। तस्करी गर्ने लुकाएर राखेको नियन्त्रण गरेर काठ  डिभिजन कार्यालय का सम्बन्धित निकाय लाई खबर गर्दा पनि चासो नराखेको ऐरी ले बताएका छन ।

तस्करी गर्ने व्यक्ति अहिले फरार रहे पनि त्यो व्यक्ति तस्कर हो भन्ने प्रमाण आफूहरु संग रहेको उहाँहरुको दाबी छ । वास्तविक तस्कर पत्ता लगाई हदै सम्मको कार्वाही गर्न सम्बधित निकायलाई अपिल गरेका छन। काठ तस्कर लाइ कार्वाही नगरेको खण्डमा हाम्रो पार्टीले आफ्नो तरिकाले जनकारवाही गर्ने नगर सचिव ऐरीको बताउनुभयो । डिभिजन वन कार्यालयले तस्कर संरक्षण गर्ने उदेश्यले तस्कर गर्ने लुकाएर राखेको काठ स्थानीयको घरमा राखिएको ऐरीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुस