कञ्चनपुर भाद्र ८।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशकै कम बेरुजु भएको नगरपालिकामा परेको रहेको छ ।

महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन २०७८ अनुसार प्रदेशका ८८ वटा स्थानिय तह मध्ये शुक्लाफाँटा नगरपालिकामा सबै भन्दा कम बेरुजु कायम रहेको छ । शुक्लाफाँटा नगरपालिका कार्यकारी प्रमुख विसन शिह थापा आए देखि नगरपालिमा कार्य सम्पादनमा पनि जिल्लाकै उत्कृष्ट नगरपालिका भएको छ । कार्यकारी अधिकृत आए संगै नगरपालिका बेरूजु रकम कम आएको महालेखा प्रतिवेदन को रिपोर्टले देखाएको हो ।

नगरपालिकाको आब ०७६÷७७ मा कुल लेखापरीक्षण भएको रकम एक अरब ३५ करोड ६९ लाख ९२ हजार मध्य बेरुजु रकम रु ८० लाख ५६ हजार गरिएको छ । जुन सून्य दशमलव ५९ प्रतिशतले रकम बेरुजु कायम रहेको छ । सुदूरपश्चिम प्रदेशका स्थानिय तहमा फछर्योट हुन बाँकी रकम मध्ये कम हो ।

महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानिय तहलाई आर्थिक अनुसासन र वित्तीय सुशसन राम्रो भएको मानिन्छ ।

प्रदेशका ८८ नगरपालिकामा सबै भन्दा कम र देशका ७५३ स्थानिय तह मध्ये कम बेरुजु भएका स्थानिय तह मध्ये शुक्लाफाँटा ३० औं स्थानमा रहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिसन सिंह थापाका अनुसार आब ०७४÷७५ मा नगरपालिकामा बेरुजु रकम रु छ करोड ५४ लाख २४ हजार, आब ०७५÷७६ मा रु दुई करोड ९२ लाख ३५ हजार र आब ०७६÷७७ मा रु ८० लाख ५६ हजार गरी कुल बेरुजु रकम रु १० करोड २६ लाख १५ हजार रहेको थियो ।

कुल रकम मध्ये नगरपालिकाले रु पाँच करोड ७२ लाख ३२ हजार बेरुजु रकम फर्छोट गरेको छ । नगरपालिका यस अघि कार्य सम्पदान मूल्याङ्कनमा समेत देशमै उत्कृष्ट ठहर भएको थियो ।

आब ०७६÷७७ मा कञ्चनपुरका पुर्नवास नगरपालिकामा ४ दशमलव ७६, बेलौरी नगरपालिकामा ५ दशमलव ०६, कृष्णपुर नगरपालिकामा १ दशमलव ६९, भीमदत्त नगरपालिकामा ३ दशमलव ०६, बेदकोट नगरपालिकामा १ दशमलव ५०, महाकाली(दोधरा चाँदनी) नगरपालिमा ११ दशमलव ०४, लालझाडी गाउँपालिकामा १ दशमलव ५१ र बेलडाँडी गाउँपालिमा १ दशमलव ७७ प्रतिशत बेरुजु कायम रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी बाजुराको त्रिबेणी नगरपालिकामा १७ दशमलव ६० प्रतिशत बेरुजु कायम रहेको छ ।

प्रतिक्रिया दिनुस