महेन्द्रनगर । महाकाली नदिमा निर्माणाधिन चारलेनको पक्की पुल जोड्ने ‘भाइरल रोड’ गएका कञ्चनपुरका शिक्षक कृष्णदत्त जोशीको अवस्था अझै अज्ञात छ । दोधाराको एक निजी बोडिङ्गमा अध्यापन गराउदै आएका जोशी सोमबार दिउँसो महाकाली नदिमा हाम फाल्दा बगेर बेपत्ता भएका थिए । प्रहरीले शिक्षक जोशीको महाकाली नदिमा २ किलोमिटर आसपास खोजी गरीएको जनाएको छ ।

सशस्त्र प्रहरीको टोलीले पनी खोजी गरीरहेको जनाइएको छ ।  जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले नदिको आसपास क्षेत्रमा खोजी गरीरहेको जनाए । तर अवस्था अज्ञात रहेको डिएसपी न्यौपानेले जनाएका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय जोशी सोमबार दिउँसो नदीमा हाम फालेर बेपत्ता भएका प्रहरीले आंकलन गरेको छ । ‘जोशीले आत्महत्या गर्ने मनसायले नदिमा हाम फालेको हुन सक्ने आसंका गरिएको छ, प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले भने,–खोजिकार्य चलिरहेकोले अहिलेसम्म शव फेला पारेका छैनौ ।’

भाईरल रोड क्षेत्रमै गएका शिक्षकले हाम फालेपछि थप चिन्ताको विषय बनेको छ । पछिल्लो समय महाकाली नदीमा निर्माण भईरहेको चार लेन सडकमा टिकटक, भिडियो र फोटो खिच्न आउनेको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुस