अछामका स्थानीय तहको बेरुजु ४३ करोड बढी रहेको छ । यो वर्षको बेरुजु गत वर्ष भन्दा बढि देखिएको छ। महालेखा परिक्षकको ५८ नौं बार्षीक प्रतिवेदन–२०७८ अनुसार जिल्लाका दश वटा स्थानीय तहको बेरुजु ४३ करोड ७१ लाख ३८ हजार रहेको उल्लेख छ । अछाममा ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।

दश स्थानीय तहमध्ये सबैभन्दा बढी पंञ्चदेवल बिनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु देखिएको छ। १ अर्ब ८४ करोड ५७ लाख ९ हजार लेखा परिक्षण गरिएकोमा त्यति रकम बेरुजु देखिएको हो। बान्नीगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम १ करोड ८२ लाख ७ हजार बेरुजु देखिएको छ,त्यहाँ ७ करोड १२ लाख ३४ हजार लेखा परिक्षण गरिएको हो ।

यसैगरी साँफेबगर नगरपालिकाको ५ करोड ३७ लाख १२ हजार बेरुजु देखिएको छ जहाँ १ अर्ब २० करोड ७० लाख ६९ हजारको लेखा परिक्षण गरिएको थियो। चौरपाटी गाउँपालिकाको १ अर्ब ६० करोड ४५ लाख २ हजार लेखा परिक्षण गरिएकोमा ४ करोड ८२ लाख ८२ हजार बेरुजु आएको छ । ढकारी गाउँपालिकाको ४ करोड १९ लाख ४१ हजार बेरुजु आएको छ । ढकारीको ८७ करोड ७४ लाख ९८ हजार लेखा परिक्षण भएको हो ।

यसैगरी मंगलसेन नगरपालिकाको १ अर्ब २५ करोड ४९ लाख १५ हजार लेखा परिक्षण गरिएकोमा ३ करोड ७३ लाख ६५ हजार बेरुजु देखिएको छ । त्यसैगरी कमलबजार नगरपालिकाको २ करोड ६७ लाख २ हजार बेरुजु देखिएको छ । नगरपालिकाको १ अर्ब २४ करोड ४१ लख ७ हजार लेखा परिक्षण गरिएको हो । रामारोशन गाउँपालिकाको २ करोड ५२ लाख ३ हजार बेरुजु देखिएको छ । पालिकाको ८५ करोड ६ लाख ७० हजारको लेखा परिक्षण गरिएको हो ।

तुर्माखाद गाउँपालिकाको ८३ करोड ८८ लाख ९८ हजार लेखा परिक्षण भएकोमा २ करोड ३९ लाख ४७ हजार बेरुजु देखिएको छ । मेल्लेख गाउँपालिकाको ९३ करोड ६४ लाख ५ हजार लेखा परिक्षण गएिकोमा २ करोड ३१ लाख ३६ हजार बेरुजु रहेको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ। गत वर्ष अछामका स्थानीयतहको बेरुजु ४२ करोड ४५ लाख ५० हजार रहेको थियो । यो वर्ष जिल्लाको बेरुजु रकम १ करोड २४ लाखले बढेको छ । गत वर्ष सबैभन्दा बढी साँफेबगर नगरपालिकाको ८ करोड ९४ लाख ३० हजार बेरुजु देखिएको थियो भने बान्नीगढी जयगढ गाउँपालिकामा सबैभन्दा कम ४९ लाख २६ हजार बेरुजु देखिएको थियो । यो वर्ष साँफेबगरको बेरुजु घटेको भने बान्नीगढी जयगढ गाउँपालिकाको बेरुजु बढेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुस