दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँध बिहिबार (आज) विहान देखी खोलीएको छ ।

एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार भाद्र १० गते बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म ‘सिफ्ट फ्लशिंग’, सरसफाइको कार्य भइरहेकाले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले धौलीगंगा जलायसमा पानी सँगै बालुवा माटो लगायतका बस्तु धेरै मात्रामा जम्मा भएको र उक्त सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिए पश्चात् महाकाली नदीमा पानीको सतह बढ्न जाँदा तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

महाकालीको तटीय क्षेत्र पर्ने दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर ५ धौउलाकोट देखि लेकम गाउँपालिकाको लाली सम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान जिल्ला प्रशासन कार्यालय दार्चुले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुस