महेन्द्रनगर । नेकपा एमाले निकट अनेरास्ववियू कञ्चनपुरको अध्यक्षमा कमल रोकाया चयन भएका छन् । एमाले निकट अनेरास्ववियू कञ्चनपुरको बुधबार महेन्द्रनगरमा सम्पन्न भेलाले नयाँ कमिटी विस्तार गरेको हो।

विद्यार्थी नेता रोकायाको अध्यक्षतामा ८५ सदस्यीय अनेरास्ववियूको नयाँ कार्य समिति चयन गरिएको छ। उपाध्यक्ष नरेन्द्र कार्की, सचिव अमर बहादुर धामी, सह–सचिव पुष्कर भट्ट, पार्वती महरा, धर्मराज जोशी, दिल बहादुर सुनार, कोषाध्यक्ष विक्रम थापा सदस्यहरुमा महेश भट्ट, नितेश भट्ट, बाबुदेव भट्ट, रमेश राना, किरण पाल लगायत जिल्ला सदस्यमा चयन भएका छन।

प्रतिक्रिया दिनुस