फाइल ।

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बिहीबार मध्यान्ह बस्दैछ । ललितपुरको तुलसीलाल प्रतिष्ठान च्यासलमा मध्यान्ह १२ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले मिडियालाई जानकारी दिएका छन् । यो बैठक गम्भीर बैठक हुनेछ । एमालेबाट फुटेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी बनेपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

बैठकमा एकीकृत समाजवादीमा गएका र जान चाहेका केन्द्रीय सदस्य तथा सांसदहरुलाई कारबाही प्रक्रया अगाडि बढाउने बारेमा निर्णय हुनेछ । त्यस्तै विधान अधिवेशन र पार्टीको स्थानीय तहको अधिवेशनको सम्बन्धमा पनि निर्णय गर्ने एजेण्डा रहेको बुझिएको छ । त्यसैगरी बैठकबाट १० बुँदे सहमति कार्यान्वयन गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गर्ने र पार्टी सदस्यता वितरणको विषयमा पनि निर्णय गर्ने बताइएको छ ।

एमालेमा अन्तिम समयमा आएर तेस्रो धार भनिएका माधवकुमार नेपाललाई धोका दिएका नेताहरु समेटिएका छन् । यसले एमालेको ठूलो पहिरोलाई रोकेको विश्लेषण गरिए पनि माधवकुमार नेपाल पक्षमा पनि ठूलो संख्यामा सांसद र केन्द्रीय सदस्यहरु गएपछि एमालेलाई झड्का भने लागेको छ ।

प्रतिक्रिया दिनुस