सुदूरपश्चिम प्रदेश कृषि सहकारी संघले कञ्चनपुरको बेलडाँडीमा सहकारी भवन तोडफोड गर्नेमाथि कार्बाहीको माग अघि सारेको छ । बिहीबार सुदूरपश्चिम प्रदेश कृषि सहकारी संघले एक प्रेस विज्ञप्ती जारी गर्दै महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधिन कार्यालय भवन तोडफोडप्रति संघको ध्यानाकर्षण भएको जनाएको छ । शान्ति नाथ लगायतको समुहले साना किसान महिला सहकारीको भवन तोडफोड गर्ने कार्य भत्र्सनायोग्य भएको जनाउँदै सार्वजनिक सम्पत्ती तोडफोड गर्नेमाथि कार्बाहीको माग अघि सारेको हो ।
सुदूरपश्चिम प्रदेश कृषि सहकारी संघका संयोजक धर्मसिह कुँवर, नेपाल कृषि सहकारी केन्द्रीय संघ शिक्षा उप समिति सदस्य बिरेन्द्र बहादुर शाहद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा सहकारी क्षेत्रलाई राजनीतिकरण गरि अस्तव्यस्त पार्ने कार्यप्रति आपत्ती जनाउँदै यस्ता गैर कानुनी कामा संलग्न बिरुद्ध प्रतिकारमा उत्रिने चेतावनी दिएकोछ । बेलडाँडी महिला साना किसान कृषि सहकारीले प्रहरीले राजनीतिक आडँमा भवन तोडफोड गर्नेमाथि संरक्षर््ाण गरेर कार्बाही नगरेकाले दण्डहिनता मौलाउने जनाएको छ । गाँउपालिका प्रमुखसंगको रिसिईबीका कारण महिलाले सृजनात्मक रुपमा अघि बढाउँदै आएको सहकारी भत्काउने कार्य निन्दनिय र महिला बिरोधी मात्र नभई समाजिक बिरोधी कार्य भएको जनाईएको छ ।
प्रतिक्रिया दिनुस