सुदूरपश्चिम प्रदेश बझाङ्ग जिल्लाको दुर्गाथली गाँउपालिकामा सबैभन्दा कम बेरुजु आएको छ । गत आर्थिक बर्ष २०७७÷०७८ मा महालेखा परीक्षकको कार्यालयले देशैभरीका ७ सय ५३ पालिकामा गरेको लेखापरीक्षणमा बझाङ्गको दुर्गाथली गाँउपालिकामा सबैभन्दा कम बेरुजु आएको पालिका भएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बझाङ्गका ११ पालिका मध्ये कम बेरुजु भएको पालिका दुर्गाथली हो । दुर्गाथलीको ०.७४मात्रै रकम बेरुजु आएको छ ।

 

बझाङ्ग जिल्लामा पहिलो, सुदूरपचिम प्रदेशमा तेस्रो र गाँउपालिका मध्ये दोस्रोमा आएको छ । बझाङ्गका अन्य पालिकामा १०.३९ प्रतिशत सम्म बेरुजु आएको छ । गत आर्थिक बर्षमा दुर्गाथली गाँउपालिकामा धर्मराज उपाध्याय प्रमुख प्रशासकीय अधिकृत थिए । बझाङ्गका राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाज एव विभिन्न क्षेत्रका अगुवा व्यक्तित्वहरुले कम बेरुजु निकाल्ने पालिकाका जनप्रतिनिधी र त्यसका कर्मचारीको कुसलता, ईमान्दारिताका कारण कम बेरुजु आएको बताएका छन ।

प्रतिक्रिया दिनुस