महेन्द्रनगर–११ भदौ । बेल्डाँडीमा एक निर्माणाधीन सहकारी भवनमाथी खुलेआम तोडफोड गरेको घटनामा प्रहरीले निवेदन दर्ता गर्न नमानेको जनाइएको छ । बेल्डाँडी महिला साना किसान कृषि सहकारीको कार्यकारी समितिले शुक्रवार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दे गुण्डागर्दी गर्ने उपर कारबाहीको माग सहित लेखिएको निवेदनको ढाँचा नै नमिलेको भन्दै प्रहरीले उजुरी दर्ता गर्न नमानेको आरोप लगाएको हो ।

संस्थाको कार्यकारी समितिले निवेदनमा प्रस्ट देखिने गरी भवन तोडफोड गर्ने उपर कारबाही गरिनुपर्ने उल्लेख गरी इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएको जनाएको छ । प्रहरीले उक्त घटनामा तोडफोड कर्ताहरूको साथ दिएको समेत समितिले गम्भीर आरोप लगाएको छ ।

No description available.
बेल्डाँडी महिला साना किसान कृषि सहकारीकी अध्यक्ष कमला रेग्मी जोशीले राजनीतिक आडमा प्रहरी नै भवन तोडफोड गर्नेको संरक्षणमा लागेको आरोप लगाइन्। ‘एकाएक अराजक शैलीमा आएको आक्रमण कारीहरूको समूहले निर्माणाधीन भवनका ९ पिल्परमाथी पुर्णरुपमा क्षति पुर्याएको छ,– अध्यक्ष जोशीले भनिन्–‘प्रहरी भने उक्त समूहमाथि कावार्ही गर्न आनाकानी गरिरहेको छ।’ प्रहरीलाई उद्धधृत गर्दे अध्यक्ष जोशीले कमजोर भवन बनाइँदै गरेको थियो की ढुङ्गा हान्दैमा कसरी टोडीयो भन्दै प्रहरी नै संरक्षणमा लागेको आरोप लगाइन् ।

तर कञ्चनपुर प्रहरीले भने उक्त घटनाको कुनै उजुरी नै नआएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक न्यौपानेले मौखिक जानकारीमा आएको उक्त तोडफोडको घटनामा मौखिक सहमति भइरहेको जनाएका छन् । डिएसपी सिद्धराज न्यौपानेले बिहीबार पनि प्रहरी कार्यालयमा दुइटै पक्ष बिच छलफल भएको बताए । उनले शुक्रवार (आज)  जिल्ला प्रशासनमा उक्त घटनाको विषयमा छलफल भइरहेको जानकारी दिए। उनले भने,–‘जस्तोसुकै प्रवृत्तिका घटनाको पनीउजुरी दर्ता गरिन्छ, उक्त घटनाको लिखित उजुरी आफुकहा नआएकाले दर्ता नगरिएको हो।’

No description available.

गत शुक्रवार बेल्डाँडी गाउँपालिका –२ मा सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको ४ कोठे भवनमा स्थानीय शान्ति नाथ लगायतका २०–२५ जनाको समूहले आक्रमण शैलीमा आइ भवनमाथि ढुंगामुडा प्रहार गर्दे ९ पिल्लर तोडफोड गरेको संस्थाले जनाएको छ ।
बेल्डाँडी महिला साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष जोशीले उक्त व्यक्तिहरूले भवनको पुनः निर्माण र आम माफी माग्नु पर्ने माग राखेकी छन् ।

No description available.

जसका लागी प्रहरीले शीघ्र कारबाही अगाडी बढाउन उनले माग राखिन्। प्रहरीले गुण्डागर्दी गर्नेहरूको संरक्षण गरे कडा प्रतिकारमा उत्रने समेत संस्थाले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुस