लालझाडी गाँउपालिकाले गयरातीदेखि दोदा नदी गाँउ पसेसंगै भएको क्षति बारे गाँउपालिकाले वितरण माग गरेको छ । शुक्रबार लालझाडीका प्रमुख प्रशासकीय अधिकृतले सबै वडाहरुलाई भौतिक क्षतिको वितरण माग गरेको हो । प्रमुख प्रशासकीय अधिकृत रावलले हस्ताक्षर गरेको पत्रमा क्षतिको विवरण यथाशिघ्र गाँउपालिका कार्यालयमा पेश गर्न अनुरोध गरिएको छ । एक्कासी दोदा नदीमा आएको वाढिले लालझाडी गाँउपालिकामा विभिन्न गाउँहरु जाई, पर्सिया, ढुङ्गा, नन्दगाँउ, बल्मी, कसुवा, कञ्जका सयौँ घर डुवानमा परेका छन ।
प्रतिक्रिया दिनुस