कञ्चनपुर । अखिल (छैठौं) कञ्चनपुरको भेला सम्पन्न भएको छ । जनमोर्चा नेपाल पार्टी निकट रहेको अखिल छैठौंको सुक्रबार जिल्ला भेला सम्पन्न भएको हो । भेलाले  भीम राज जोशी लाइ अध्यक्ष चयन गरेको छ ।  भेलाले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः , अस्मिता थापा, दीपेन्द्र कार्की, किरण कुँवर, भूवन कार्की र सदस्यमा राहुल श्रेष्ठ, ज्ञानेन्द्र सोनी, मनिसा नागरी, सीता चौधरी, मीन भट्ट र मनिस चौधरी रहनुभएको छ ।

भेलामा अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्ट प्रमुख अतिथि तथा राष्टिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्की विशिष्ट अतिथि रहेका थिए।

सो अवसरमा राजमो कार्यालय सचिव लालबहादुर कुँवर, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) प्रदेश सयोजक जनक कुवर र जातीय समता समाजका नेता महेश नागरीको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुस