नेकपा एमाले फुटको असर कञ्चनपुरका जनप्रतिनिधीमा समेत परेको छ । एमाले पुर्व बरिष्ठ नेता माधव कुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी नेकपा समाजवादी दर्ता गरेसंगै निर्वाचन आयोगले देशभरी प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधीलाई पार्टी रोज्नका लागि २२भदौँसम्म दिएको सीमा अनुरुप कञ्चनपुरमा समेत नेकपा समाजवादी पार्टी रोजिरहेका छन । बिहीबारदेखि एमालेबाट स्थानीय तहमा चुनाव जितेका जनप्रतिनिधीहरुले नेकपा समाजवादी पार्टी रोजेका छन । पहिलो दिन बेलौरी नगरपालिकाका ९ जनप्रतिनिधीले समाजवादी पार्टी रोजेका हुन । बेलौरी नगरका प्रवक्ता विनोद नेपाली सहितका दुई वडाध्यक्ष, दुई कार्यपालिका सदस्य र चार वडा सदस्यले नेकपा समाजवादी रोजेका हुन । बेलौरी नगरका प्रवक्ता बिनोद नेपालीले एमालेबाट बेलौरी नगरपालिका नगरपालिकामा संसदीय दलका नेता समेत रहेका ९का वडाध्यक्ष समशेर सिह पेला, ८का वडाध्यक्ष नन्द कुमार राना, कार्यपालिका सदस्य तुलसी श्रेष्ठ धन बहादुर सार्की, वडा सदस्यहरु रामप्यारी विक, सोनादेवी दमाई, चमरु राना, राजमान चौधरीले समाजवादी पार्टी रोजेका हुन । उनीहरुले निर्वाचन आयोग कञ्चनपुरको कार्यालय दल रोजेको सनाखत गरेका छन । बेलौरी नगरका प्रवक्ता विनोद नेपालीले पहिलो दिन बेलौरीका ९ जनप्रतिनिधीले समाजवादी दल रोजेर निर्वाचन आयोगको कार्यालयमा सनाखत गरेको बताए । ‘अहिले हामीले नयाँ दल नेकपा समाजवादी दल रोजेका छौँ, ‘उनले भने, ‘समय सीमासम्म अझै थप जनप्रतिनिधीले समाजवादीमा सनाखत गर्नेछन ।’ यस अघि कञ्चनपुरका प्रदेश सभा सदस्यमा निर्वाचित समाजिक विकास मन्त्री समेत रहेका लाल बहादुर खडका, कुलबिर चौधरीले समाजवादी पार्टी रोजेको निर्वाचन आयोगका सनाखत गरेका छन । केही प्रदेश सभा सदस्य एव जनप्रतिनिधी दोहोरो बार्किनिङ्गमा रहेपनि यस अघि एमाले सुप प्रदेश ससंदीय दलको प्रमुख सचेतक समेत रहेका तारालामा तामाङ्ग सहित कञ्चनपुरका थप स्थानीय तहका जनप्रतिनिधीले समाजवादी दलमा सनाखत गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुस