कागती स्वास्थ्यका लागि मात्र होइन, तपाईंको छालाका लागि पनि निकै फाइदा जनक छ । हामीले कागतीको रसलाई जति स्वास्थ्यबद्र्धक मान्छौँ, यसको बोक्रा पनि त्यति नै फाइदाजनक हुन्छ । यसमा गामा टर्पिनिन, टर्पिनालिन, डि लिमोनिन, सिट्रजस्ता गुण पाइने भएकाले यसले छालालाई सुन्दर बनाउने विश्वास गरिन्छ ।

यतिमात्र होइन, यसमा क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, पोटासियम तथा सेलेनियमजस्ता सुन्दर छालालाई चाहिने तत्व पनि हुन्छ । साथै, भिटामित सी, भिटामिन ए, बिटा क्यारोटिन पनि पाइन्छ । त्यसको पेस्टलाई थोरै चिनी र नरिबलको तेलमा मिलाएर बनाइएको लेपन अनुहारमा लगाउँदा छालामा छुट्टै र फरक खालको सौन्दर्य आउँछ ।

प्रतिक्रिया दिनुस