महेन्द्रनगर । अमेरिकी सरकारले प्रायोजन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम.सी.सी) परियोजनाको विभिन्न २२ राजनीतिक संगठनले संयुक्तरुपमा विरोध जनाएका छन् । यसैबिच भदौ २४ गते आवश्यक छलफल गर्न अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार सहितको टोली नेपाल भ्रमणमा आइरहेको विषयलाई लिएर २२ राजनितिक संगठनहरुले आपत्ति जनाएका हुन् ।

५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता भए पनि कार्यान्वयन अघि बढ्न नसकिरहेका बेला उपाध्यक्ष सुमार सेप्टेम्बर ९ मा नेपाल आउन लागेकी छन् ।

आइतबार २२ राजनीतिक संगठनका तर्फबाट सी.पी. गजुरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त पदाधिकारीको नेपाल भ्रमण राष्ट्रिय हितविपरीत हुने भएकाले खारेजीको माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,–‘ यदि भ्रमण खारेज गरिएन भने त्यसका विरुद्ध विरोध प्रर्दशनको आयोजना गरिनेछ, उक्त कार्यक्रममा सहभागिताका लागि तयार रहन सम्पूर्ण देशभक्तहरुलाई हामी आह्वान गर्दछौ।’

अध्यक्ष गजुरेलले आन्दोलनका कार्यक्रम छिट्टै सार्वजनिक गरिने बताएका छन् ।

May be an image of text

प्रतिक्रिया दिनुस