महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बीए एलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले अनलाईन कक्षा हुनुपर्ने लगायतका माग पुरा नभएको भन्दै आइतबार क्याम्पसको प्रशासनमा तालाबन्दी गरेका हुन् ।

गत बुधबार क्याम्पस प्रशासन समक्ष विभिन्न तीन बुँदे माग राखेकोमा त्यसको कुनै सुनुवाई नभएको भन्दै तालाबन्दी गरिएको बीए.एलएलबी प्रथम सेमेस्टरमा अध्ययनरत तेजजंग मल्लले बताए। विद्यार्थीहरुले कोभिडका कारण अनलाइनको माध्यमबाट पढाइ भएकाले प्रथम सेमेस्टरको परीक्षा पनि अनलाइन माध्यमबाटै हुनुपर्ने, परीक्षामा नेपाली र अंग्रेजी दुई वटै भाषालाई मान्यता दिनुपर्ने, सबै पुस्तक उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन् । मागहरु पुरा नभएसम्म ताला नखोलिने विद्यार्थीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुस