सुदूरपश्चिमको रेफरल धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको छ । स्वास्थ्य सेवा विभागले खरिद गरेर पठाएको दुई हजार लिटर क्षमताको लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अक्सिजन रिजर्व प्लान्टको फिलिङ स्टेशन भने आउन बाँकी छ । अबको २५ दिनमा फिलिङ स्टेशन पनि आइपुग्ने बताउँदै श्रेष्ठले त्यसपछि रिजर्व प्लान्ट सञ्चालनमा आउने बताए । प्लान्ट सञ्चालनमा आएपछि अक्सिजन भण्डारण गरेर राखेर आवश्यकता परेका बेला आपुर्ति गर्न सकिने विश्वास गरिएको छ । सेती प्रादेशिक अस्पतालले लिक्विड अक्सिजन प्लान्ट खरीदका लागि टेण्डर आह्वान गरेपनि रद्द भएको थियो । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट जडान गरेर सञ्चालनमा ल्याएको छ ।