महेन्द्रनगर । कञ्चनपुरमा एक वालकको शव फेला परेको छ । कैलालीको चुरे गाउँपालिका –३ घर भएका १२ वर्षीय दिलिप सुनारको कञ्चनपुर सुक्लाफाँटाको सुनवरा नदिमा शव फेला परेको हो ।

आइतबार विहान नदीमा नुहाउने क्रममा चिप्लिएर वेपत्ता भएका सुनारको इलाका प्रहरी कार्यालय झलारी , नेपाल प्रहरी विपद् व्यवस्थापन महेन्द्रनगर र शसस्त्र प्रहरी शैलेश्वरीको टोलीले खोजीकार्य गरेको थियो । वडा नम्बर ९ मा आफ्ना मामाघर आएका सुनार हजुरआमा संगै नुहाउन नदी गएका वेला अचानक चिप्लिएर वेपत्ता भएका थिए ।

सुनारको शव आइतवार दिउँसो फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले बताए । शवलाई पोष्ट मार्टमका लागि महाकाली अस्पताल पठाइएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुस