सुदूरपश्चिम प्रदेशका थप ३ सांसदहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । आइतबार प्रदेश निर्वाचन आयोग कार्यालयमा पुगेर भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी, उद्योग पर्यटन, वन तथा वातावरण पूर्व राज्यमन्त्री प्रकाश रावल र तारालामा तामाङले सनाखत गरेका हुन् ।
योसँगै सुदूरपश्चिममा एकीकृत समाजवादीमा खुल्नेको संख्या १३ पुगेको छ । यसअघि नै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा १० जनासांसदले सनाखत गरेका थिए । गत भदौ ९ गते निर्वाचन आयोगले एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीलाई मान्यता दिएसँगै प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्नका लागि निर्वाचन आयोगले भदौ २२ गतेसम्मको मिति तय गरेको थियो ।
सोही अनुसार तीनै जनाले आज निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् ।नेताहरुले नेकपा एकीकृत समाजबादी मा १४ भन्दा बढी सांसद पुग्ने र प्रदेशको ठूलो दल बन्ने दाबी गरेका छन् ।