काठमाडौँ — एमसीसीको विरोध गर्दै प्रदर्शन गर्ने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार मध्यान्ह विरोध प्रदर्शन गर्ने क्रममा अध्यक्ष हरि गजुरेलसहित ६ जना अमेरिकी राजदूतावास अघिबाट पक्राउ परेका हुन् ।

गृहमन्त्रालयले एमसीसीको विरोध र भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्नेलगायतका गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । त्यहीअनुसार सोमबार प्रहरी बिहानैदेखि सम्भावित प्रदर्शनस्थलमा अलर्ट बसेको छ । भारतीय र अमेरिकी राजदूतावास क्षेत्रमा जमघट र भेला हुन समेत नदिने गृहले निर्देशन दिएको छ । सोमबार पनि विद्यार्थीहरूले विभिन्न क्याम्पसहरूमा प्रदर्शन गर्ने योजना बनाएका छन् ।
यसै गरि एमसीसीको देशव्यापी विरोध भइरहेको छ । सोमबार साझ कञ्चनपुरमा पनि नेताकार्यकर्ताहरुले विरोध कार्यक्रम राखेको जनाएका छन् ।

प्रतिक्रिया दिनुस