बैतडी । बैतडीको शिवनाथका शिक्षक करन राना १४ महिनासम्मको तलव नपाएपछि परिवार सहित आमरण अनशनमा बसेका छन् । राना परिवार आइतबार देखी जिल्ला समन्वय समिति बैतडीको कार्यालय अगाडी अनशन बसेका हुन् । शिवनाथ गाउँपालिका– ६ स्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक राना ६ बर्ष अघि गाउँबाट बिस्थापित भएपछि दशरथचन्द नगरपालिका ४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा काम गरिरहेका छन् ।

तर उनले गत १४ महिना सम्मको तलव पाएका छैनन् । रानाले जिल्ला शिक्षा समितबाट ईश्वर आधारभूत विद्यालयमै पदस्थापन पाउने आश्वासन पाएपछि पहिला काम गरेको बिद्यालयबाट पदस्थापनको स्वीकृति लिनुका साथै सबै प्रक्रिया पुरा गरे । तर २ बर्ष अघि नै प्रक्रिया पुरा गरेपनि शिक्षा समितिले पदस्थापन गरिदिएको छैन् । पीडित रानाले भने ‘मैले पहिला काम गर्दै आएको बिद्यालय रहेको शिवनाथ गाउँपालिकाबाट तलव लिन खोज्दा सरुवाका लागी स्वीकृति दिइसक्यौँ भन्छन् ।

यता पदस्थापन भएको छैन् । मैले अहिले काम गरिरहेको बिद्यालयमा मलाई अटाउने दरबन्दी समेत खाली छ । तर पदस्थापन गरिदिएको छैन् । म अहिले घका न घाटको भएको छुँ । त्यसैले अब मरेपनि अनशनमै मरौँला भनेर स–परिवार अनशन बसेका हौँ ।’

प्रतिक्रिया दिनुस