नेकपा एमाले कञ्चनपुरका युवा नेता सुरेन्द्र बम नेतृत्वमा एमालेबाट स्थानीय तहको चुनाव जितेका कृष्णपुर नगरका जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादी रोजेका छन । एमाले कञ्चनपुरका पुर्व जिल्ला कमिटि सदस्य एव कृष्णपुरका समाजसेवी युवा नेता बम नेतृत्वमा दुई वडाध्यक्ष एव एक सदस्य नेकपा एकिकृत समाजवादी रोजेका हुन । कृष्णपुरका तीनै जनप्रतिनिधीले एमाले परित्याग गर्दै सोमबारदेखि औपचारिक रुपमा समाजवादी पार्टीमा प्रवेस गरेका छन ।

सोमबार कृष्णपुर नगरपालिका ३ का वडाध्यक्ष सुन्दर सिह चौधरी, ९ का वडाध्यक्ष छत्र महरा र वडा सदस्य रुकुम सिह ठगुन्नाले निर्वाचन आयोगको कार्यालय कञ्चनपुरमा गएर एमाले परित्याग गर्दै नेकपा एकिकृत समाजवादीमा प्रवेस गरेको सनाखत गरेका छन । ‘अहिले पहिलो दिन कृष्णपुरका केही जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन, ‘कृष्णपुरका युवा नेता बमले भने, ‘अझै समाजवादी पार्टी प्रवेस गर्नेहरुको ओईरो लाग्छ ।’

प्रतिक्रिया दिनुस