कञ्चनपुर भाद्र २१। अखिल क्रान्तिकारीले MCC सम्झौता खारेजको माग गर्दै कञ्चनपुरमा बिरोध प्रदर्शन कार्यक्रम गरेको छ। नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको बिध्यार्थी संगठनक अखिल क्रान्तिकारीले MCC सम्झौता खारेजको माग गर्दै सोमबार महेन्द्रनगरको मदन चोकमा बिरोध प्रदर्शन कार्यक्रम गरेको हो ।
एम सि सि सम्झौता खारेजको माग गर्दै आजै अखिल क्रान्तिकारी केन्द्रिय समितिले अमेरिकी दुतावासको गेटमा समेत बिरोध प्रदर्शन कार्यक्रम गरेको छ । बिरोध प्रदर्शन कार्यक्रम गर्दै अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल लगायतका ६जना प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिएर प्रहरी बृत्त हनुमान ढोका काठमाडौंमा राखिएको छ ।
अखिल क्रान्तिकारीले एम सि सि सम्झौता खारेज गर भन्दै नाराबाजी गरेका छन् ।कञ्चनपुरमा अखिल क्रान्तिकारीले गरेको बिरोध प्रदर्शन कार्यक्रम सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य हरि सुवेदीले कुनै पनि हालतमा एम सि सि सम्झौता हुन नसक्ने बताए छन हाम्रो पार्टी नेकपा क्रान्तिकारी माओवादी लगायतका २२दलिय मोर्चा र देशभक्त नागरिकले MCC सम्झौता खारेजको माग गर्दै आएको बताए । MCC सम्झौता खारेज नभए MCC सम्झौता संसद बाट पास गराउन खोजे देशमा आन्दोलनको आधिबेहरी आउने बताए केहि संसदिय दलको स्वार्थ पूरा गर्न MCC लागु गर्न खोजिएको भए पनि देशभक्त नागरिकले नस्वीकार्ने बताए MCC कुनै हालतमा पास गर्ने नदिने बताए । एम सि सि सम्झौता पास गर्ने खोजिए देश द्वन्द्वमा जाने समेत केन्द्रीय सदस्य हरि सुवेदीले बताए ।
बिरोध प्रदर्शन कार्यक्रम अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेश संयोजक पुस्कर जोशी लगायतका अखिल क्रान्तिकारी नेता कार्यकर्ता उपस्थित रहेका थियो।