महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री, नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बोहराले पार्टी एकताको पक्षमा उभिन नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।

सोमबार एक बिज्ञप्ति जारी गर्दै बोहराले विगतमा पनि फुटको पीडा रहेको हुँदा फुटलाई प्रशय नदिन र नलाग्न आग्रह गरेका छन् । कसैको लागि पनि फुट र विभाजन कदापि राम्रो हुँदैन विज्ञप्तिमा भनिएको छ, सूर्य झैँ अटल रहन अनुरोध गर्दछु । विज्ञप्तिमा दल विभाजन अध्यादेशको समेत विरोध गरिएको छ । दल विभाजन अध्यादेश ल्याएर सरकारले अराजकता निम्त्याएको आरोप छ ।

No description available.

प्रतिक्रिया दिनुस