काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमान स्थल अगाडि प्रदर्शन भएको छ । MCC सम्झौताको विरोधमा  गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउने तय भएको छ । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने छन् । उनीहरू नेपाल आउने  भएपछि  युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।

 

उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुस